उफ् ! रोकिएन सुनको भाउ बढ्न (उच्च रेकर्डमा सुनचाँदीको मूल्य कति ?)

नेपालीलाई चाडबाडले छपक्कै छोपेको छ । भाउ आकासिएको छ, दिनहुँ मूल्य बढ्ने क्रम रोकिएको छैन । बजारमा सुन किन्नै पर्नेलाई घरजग्गा बेच्नुपर्ने अवस्था छ भने विलासीलाई सञ्चित गर्ने लोभ उस्तै छ ।

उफ् ! रोकिएन सुनको भाउ बढ्न (उच्च रेकर्डमा सुनचाँदीको मूल्य कति ?)फाइल तस्बिर ।
सुनचाँदीको भाउ बढने क्रम रोकिएको छैन । नेपालीलाई चाडबाडले छपक्कै छोपे पनि सुनचाँदीको बजारभाउ सुन्नै नसकिने गरी आकाशिँदै छ । चाडबाड आगमनसँगै सुनको भाउ बढ्दा उपभोक्तालाई खरिद-बिक्री गर्न पनि चारपटक सोच्नैपर्ने अवस्था छ । आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला हजार रुपैयाँले बढेको छ । आइतबार ७२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छपावाल सुनको भाउ हजार रुपैयाँले बढेर सोमबार ७३ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाली बजारमा शुक्रबार भने प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारको तुलनामा छापावाल सुन आइतबार १२ सय रुपैयाँ प्रतितोला बढेको थियो भने आइतबारको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेर सोमबारको कारोबार भइरहेको हो ।

त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भयो भने सोमबार ७३ हजार २ सय रुपैयाँ पुगेको छ । छापावाल सुनझैं तेजाबी सुन पनि सोमबार प्रतितोला हजार रुपैयाँले बढेको हो ।

सुनचाँदीको दिनहुँ मूल्य बढ्ने क्रम रोकिएको छैन । बजारमा सुन किन्नै पर्नेलाई घरजग्गा बेच्नुपर्ने अवस्था छ भने विलासीलाई सञ्चित गर्ने लोभ उस्तै भएको छ ।

यस्तै महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ । आइतबार ८५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी भने सोमबार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीमा २० रुपैयाँ प्रतितोलामा भाउ बढेको थियो भने आइतबारको तुलनामा सोमबार प्रतितोला १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । योसँगै आज (सोमबार) को सुनचाँदीको मूल्यले उच्च नयाँ रेकर्ड कायम गरेको छ । यसअघि सुनचाँदी यति महँगोमा कारोबार भएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार