पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ स्थित चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ । एनसेल टावरमा
शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
टावरमा जुटको बोरा र मट्टितेल, प्रयोग गरी आगजनी गरिएको जिल्ला प्रहरीले जनाएको छ । आगजनीबाट टावरको बीटीएस क्याविनेटका तार जलेको छ ।
आगजनी कसले किन गराएको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चेनडाँडामा रहेको एनसेल टावरमा यसअघि पनि अज्ञात समूहबाटै आगजनी भएको थियो ।