चितवन प्रहरीले आज रविको फैसला हुने दिन केही अप्रिय घटना नहोस् भन्दै चितवनको सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रशासनले सूचना जारी गर्दै आज बिहान छ बजे बाट विभिन्न स्थानमा प्रदर्शन गर्न नपाइने नियम लागू गरेको छ । साथै पाँच जना भन्दा धेरै एकै ठाउँमा बस्न नपाइने समेत सूचनामा उल्लेख गरिएको छ । लामिछाने लगाएत अन्य दुई जनाको आज बयान पछि फैसला आउने विश्वास लिएको छ ।
आज अदालतले कित रिहा या तारिकका छोड्ने वा थुनामा पठाउने र जरिवाना समेत तोक्न सक्ने छ । हिजो आरोपी अस्मिता कार्कीको बयान सकिए पनि बाकिको नसकिए पछि उनीहरुलाई हिरासतमै राखिएको छ । प्रहरीले उनीहरुलाई पाँच वर्ष कैद र 50 हजार जरिवाना को माग गरेको छ । उसले सोही अनुसारको सबूत पनि पेस गरेको दाबी गरेको छ ।