चट्याङ लागेर बालिकाको मृत्यु

बाजुरा । बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । वडा नम्बर १० बधेडाका लली सार्कीकी २ वर्षीया छोरी सिरियालाई चट्याङ लागेको हो ।

सिरियालाई शुक्रबार राति चट्याङ लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिरिया चट्याङले बेहोस भएकी थिइन् । चट्याङबाट अचेत बनेकी उनको तत्कालै मृत्यु भएको थियो । चट्याङबाटलली पनि बेहोस भएकी छन् । मृतक सिरियाको बुबा नोकरीको सिलसिलामा भारतमा छन् ।

चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ । क्षतिको विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार