फेशबुक मा प्रचण्ड र रेणुलाई जथाभावी लेख्ने युवालाई प्रहरीले समायो

फेसबुकमा अपशब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवा पक्राउ परेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई अपशब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले फेसबुकमा रवि लामिछानेको समर्थन गर्दै प्रचण्ड,रेनु र मल्ल विरुद्ध अपशव्द लेखेका थिए ।

युवालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेका गुरुङलाई साइबर क्राइम वा अभद्र व्यवहार सम्बन्धी मुद्ध चलाईने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार