बिश्वमा चकित पार्ने अनेक घटनाहरु भइरहने गर्छन् । कुनै सत्य कुरा त पत्याउनै गाह्रो पर्छ । त्यस्तै काजकास्तनमा एक अनौठो घटना घटेको छ । एक महिलाले ११ हप्ताको फरकमा जुम्ल्याहा सन्तान जन्माएकी छिन् । काजकास्तनमा अवस्थित युराल्स्क गाउँकी एक २९ वर्षीया महिलाले ११ हप्ताको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी हुन् । उनले ११ हप्ताको फरकमा जुम्ल्याहा बच्चा जन्माएपछी डाक्टरहरु चकित परेका छन् । लिलिया कोनोभालो नाम गरेकी उनी उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँमा बस्छिन् । उनको अचम्मको अर्को कुरा उनका दुईवटा पाठेघर छन् ।
उनी दोस्रोपटक सुत्केरी हुन क्लिनिक पुगेपछी डाक्टरलाई उनी युटेरस डिडेल्फिस नामको निकै दुर्लभ स्थिती९दुईवटा पाठेघर०मा रहेको थाहा भइसकेको थियो । सात वर्षअघि उनी पहिलो पटक गर्भवस्था हुदा डाक्टरलाई थाहा भइसकेको थियो । त्यतिबेला उनले एक छोरीलाई जन्म दिएकी थिइन् । अहिलेको पटक भने उनका दुईवटा पाठेघरमा छुट्टाछुट्टै बच्चा हुर्किरहेका थिए ।
मे २४ तारिखमा उनले २५ हप्तामा ८५० ग्रामको छोरी जन्माइन् । त्यसपछी उनले अगस्ट ९ मा २.९ केजीको दोस्रो छोरा जन्माइन् । उनले यसरी सन्तान जन्माएपछी डाक्टर लगायत थाहा पाउने सबै चकित परेका छन् । यो घटना काजकिस्तानको इतिहासकै पहिलो घटना भएको बताइएको छ ।