पत्रकार शालिकराम पुडासैनीले देहत्याग गर्नुअघि रेकर्ड गराएको भनिएको विवा दास्पद भिडियोबारे टेलिभिजन प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले बुधबार उजुरी दिने भएकी छन ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन निकित टेकु जाने स्रोतको दावी छ । सो विवादास्पद भिडियोमा रविसहित न्यूज २४ टेलिभिजनका युवराज कँडेल र नर्स अस्मिता कार्कीको कारण आफूले देहत्याग गर्नुपरेको शालिकरामले बताएका छन् । तर, विद्युतीय प्रमाण किर्ते गरेको आरोपमा उजुरी दिन उनी प्रहरीकोमा जान लागेकी हुन् ।
सालिकरामको मृ त्यु हुनु पर्वको भिडियोका आधारमा चितवन प्रहरीले रवि लामिछाने,अमिस्ता कार्की र युवराज कँडेल माथी दश दिनको म्याद पाइ अनुसन्धान गरिरहेको छ ।
रविलाई नियन्त्रणमा लिए पछि उनका समर्थकहरु अहिले विरोधमा सामाजिक सञ्जाल तताइरहेका छन भने उनी निर्दोष रहेको बताइरहेका छन ।
केहि समय पहिला सँगै काम गरिरहेका सालिकराम केहि महिना मात्र माउटेण्ड टेलिभिजनमा कार्यक्रम मिसन न्युजको लागी गएका थिए ।