परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘नेपाललाई भारतले सिक्किम बनाउँछ भन्‍ने सोच्‍न पनि सकिन्‍न’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पना पनि गर्न नसकिने बताएका छन् ।

यही भदौ ४ र ५ गते हुने नेपाल-भारत संयुक्त बैठकबारे जानकारी दिन मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलमा उनले नेपाली कांग्रेस नेता प्रदीप गिरिको भनाइको जवाफमा यस्तो बताएका हुन् ।

नेता गिरिले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिमतिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ भनेका थिए । परराष्ट्रमन्त्रीले गिरिको यही भनाइलाई खण्डन गर्दै भने, ‘नेपालको स्वतन्त्रतालाई त्यो ढंगको कल्पना गरिन्छ भन्ने सोच्ने विषय होइन, नेपाल सरकार त्यसको खण्डन गर्छ ।’

नेपाल सधैं अविभाज्य र स्वतन्त्र मुलुक भएको भन्दै उनले हल्ला टिप्पणी नगर्न नेताहरुलाई आग्रह गरेका छन् । नेपाल-भारत सम्बन्ध सुमधुर भएको र दुई देशबीच उच्चस्तरमा समझदारी बनेको भन्दै मन्त्री ज्ञवालीले यस्ता टिप्पणी गर्दा सम्बन्धमा असर पर्छ भन्ने ख्याल गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार