काठमाडौं, २९ असार । गृह प्रशासन सुधारको उद्देश्यले भोलि (शनिबार) काठमाडौंमा सचेतना र्याली निकालिने भएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले टोल–टोलमा ‘प्रहरी अभियान’ कार्ययोजना लागू गर्नका लागि शनिबार विहान साढे ७ बजे र्याली आयोजना हुने भएको हो ।
मिनभवनबाट शुरु हुने र्याली तीनकुने परिक्रम गरी तीनकुनेस्थित रोयल व्याङ्केटमा सभामा परिणत हुनेछ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललगायतको सहभागिता रहने जनाइएको ।