शिक्षामन्त्री पोखरेलको कडा चेतावनीः डा. केसीलाई बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याउँछौ

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जुम्लामा आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् ।

शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर काठमाडौं ल्याउछौ तर त्यसबेला बल प्रयोग भनेर नलेख्नुस् ।

डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत छन् । उनले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिएका छैनन् ।

शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार