आर्मीमा भर्ति भएर देशको सेवा गर्छु भनेर बर्षौ सम्म मेहेनत गरेपनि भर्ति नभएपछि सुसाइड नोटमा आमा बुबासंग माफी माग्दै फेसबुक लाइभमै झुन्डिएर आत्महत्या गरे

एजेन्सी,आगरा। सेनामा जागिर नमिलेपछि दु:खी भएका २४ बर्षिया मुन्नाले मंगलवार राति झुन्डिएर आत्महत्या गरेका छन् । झुन्डिनुअघि उनले फेसबुक लाइभ पनि गरे । जहाँ २७५० जनाले हेरिरहेका थिए । यस भिडियोमा उनका कयौँ साथीले कमेन्ट गर्दै रोक्ने कोशिश गरेका छन् । जीवन देखि हार खाएको उनि बाच्न भने सकेनन ।

 

यो घटना भारतको उत्तरप्रदेश राज्यस्थित आगराको ठाना न्यु आगरा क्षेत्र रेणुका विहार कोलोनीको हो । मृतक मुन्ना कुमारले सेनामा जागिर खान ५ पटक सम्म परिक्षा दिए पनि सफल नभएपछि जीवन देखि हरेस खाएर अन्तिम विकल्पमा जीवन त्याग्ने निधो गरे । उनि शहिद भगत सिंहबाट प्रभावित भएर सेनामा भर्ति हुन् चाहन्थे । मुन्ना सेनामा भर्ती भएर देशको सेवा गर्ने उनको ठुलो इच्छा थियो ।

आत्महत्या गर्नु अघि मुन्नाले छ पेज लामो सुसाइड नोट लेखेर आमा बाबुसँग माफी मागेका छन् । सुसाइड नोटको अन्तिममा उनले जय हिन्द पनि लेखेका छन् ।

जब उनी सेनाका लागि छनोट हुन सकेनन् तब उनले आत्महत्या गरे । अहिले पुलिसले मुन्नाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । साथै फेसबुकमा लाइभ गरिएको भिडियोको पनि पुलिसले जाँच गरिरहेको छ ।

बुधवार बिहान मुन्ना सिंहको शव मिलेको थियो । जहाँ फेसबुकमा लाइभ भएको भिडियो र सुसाइड नोट पनि भेटियो । सुसाइड नोटमा उनले आफूले चाहेको कुनै पनि कुरा प्राप्त नगरेको गुनासोसहितका कुरा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार