थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

सोलुखुम्बु :  हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ । बिहीबार अस्पताल र बीमा बोर्ड बीच सेवा संन्चालन सम्बन्धि सम्झौता भएसंगै सेवा सुरु भएको हो ।

थुलुङ दुधकोशी अस्पताल र स्वास्थ्य बीमा बोर्ड बीच स्वास्थ बीमा सेवा सम्झौतामा गाउँपालिका अध्यक्ष असिम राई, स्वास्थ्य बीमा बोर्ड सोलुखुम्बुका दर्ता अधिकारी प्रदिप बाबू बस्नेत र अस्पताल प्रमुख (डिजीपी) डाक्टर अजय चौधरी हस्ताक्षर गर्नु भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो

आगामी मंसिर १ गते देखि बिमितले थुलुङ दुधकोशी अस्पतालबाट वार्षिक रुपमा १ लाख बराबरको स्वास्थ्योपचारमा सेवा प्राप्त गर्ने बताइएको छ । जेष्ठ नागरिक र पुर्ण अपांगता भएकाहरुको हकमा सरकारले बिमा कार्ड उपलब्ध गराएपछि सेवा प्राप्त गर्नेछन भने अन्यको हकमा ३ हजार ५ सय रुपैयाँ तिरेर सेवा प्राप्त गर्ने निति रहेको छ ।

स्वास्थ्य बीमा गरेका यहाँका सामान्य परिवारका नागरिकले गुणस्तरीय सेवा प्रवाह गरिरहेको आफ्नै अस्पतालबाट थप सहज तथा सरल रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष राईको भनाई रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार