सोलुखुम्बु : चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ४१ लाखको चामल बिक्री

सोलुखुम्बु : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले दसैँको अवधिमा ४१ लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ । शाखा कार्यालयले चाडपर्व लक्षित छुट अर्थात् सुपथ मूल्यमा चामल बिक्री गर्न थालेपछि दसैँको अवधिमा मात्र ४१ लाख ६ हजार १ सय ७८ रुपियाँको चामल बिक्री गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बु शाखाले असोज ७ गते देखि जिल्लामा सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको थियो । ४१ लाख ६ हजार १ सय ७८ रुपियाँ बराबरको चामल बिक्री गरेको शाखाले जनाएको छ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुका प्रमुख शिद्धिनाथ मिश्र अनुसार दसैँको अवधिमा १ सय २७ दशमलव २५ क्विन्टल सोना मन्सुली चामल बिक्री भएको छ । यस्तै ३८१ दशमलव ७५ क्विन्टल स्टिम जिरा चामल बिक्री गरेको प्रमुख मिश्रले जानकारी दिनुभयो ।

२ हजार ३ सय ५० पर्ने २५ केजीको एक बोराको स्टिम जिरा चामल सहुलियतमा दुई हजार दुई सय २५ रुपैयाँ र १ हजार ६ सय २५ रुपैयाँ पर्ने २५ केजीको १ बेरा सोना मन्सुली चामल सहुलियतमा एक हजार ५ सयमा बिक्री गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार