सोलुखुम्बुबाट जिरी हुँदै काठमाण्डौँ जिप सेवा सुरु

सोलुखुम्बु : सोलुखुम्बुबाट जिरी हुँदै काठमाण्डौँ जिप सेवा सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा भोलीबाट सल्लेरी–लामाजुरा–किन्जा–जिरी–लामसाँगु–खाँडीचौर हुँदै काठमाण्डौँ जिप सेवा सुरु भएको हो ।
जसका लागि भोली पहिलो दिन दुधकोशी, ,सुपर दुधकोशी र दुधकुण्ड यातयात समितिले एक÷एक वटा सुमो जिप सल्लेरीबाट काठमाण्डौँका लागि छुटाउने भएको छ । यसैबिच सोलु दुधकुण्ड नगरपालिकाले उक्त क्षेत्रको अनुगमन गर्ने निर्णय गरेको छ । काठमाण्डौका लागि छोटो दुरी पर्ने भएकाले नगरपालिकाको समन्वयमा सञ्चालन गर्न लागिएको उक्त सडकखण्डको भोलि मेयर नाम्गेल जाङबु शेर्पा सहितको टोलीले अनुगमन गर्ने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार