सोलुखुम्बुमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

सोलुखुम्बु : शनिबार अपरान्ह अविरल बर्षात संङ्गै आएको पहिरोले पुरिएर सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका ९ गोराखानीमा तीन जना र वडा नम्बर १० टाप्टिङमा २ जनाको मृत्यु भएको नगरप्रवक्ता गुर्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा आमाजु बुहारीको मृत्यु भएको हो ।

वडा अध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परि ३० वर्षीया कविता मगर र ४१ बर्षिया रुपु मगरको मृत्यु भएको हो । गोराखानीको विवरण आउन बाकी रहेको प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले बताउनुभयो । तीन जनाको मृत्यु भएको भन्ने जानकारी प्राप्त भएपनी पुष्टि हुन बाकी रहेको उहाँको भनाई छ ।

घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । क्षतिको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार