सोलुखुुम्बु : सोलुखुम्बुमा सञ्चालन हुने सवारी साधनमा २ जना सवारीचालक राख्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुख तथा यातयात व्यवसायी सहित बसेको बैठकले चाडपर्वलाई लक्षित गर्दै २ जना सवारी चालक राख्ने निर्णय गरेको हो ।
लामो दुरीका सवारी साधनमा २ जना सवारी चालकको व्यवस्था गरि आलोपालो सवारी चलाउने व्यवस्था मिलाउन यातयात व्यवसायीलाई आग्रह गरिएको छ । चाडपर्वको समयमा विभिन्न दुर्घटना हुने भएकाले यात्रुको प्रस्थान बिन्दु र गन्तब्यको जानकारी सहितको विस्तृत विवरण प्रहरी युनिटमा उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।
यस्तै यात्रुसिट क्षमताका आधारमा टिकट काट्ने विना टिकटमा यात्रा गर्न नपाउने, लामो तथा छोटो दुरीको सवारीसाधनले यात्रुसँग बढि पैसा लिने तथा दुव्र्यहार गर्ने, क्षमता भन्दा बढि यात्रु राख्न नपाउने भएका छन । सो कार्यको अनुगमन तथा निरिक्षणका लागि प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।