बाढी प्रभावित थामे क्षेत्रका विद्यालय एक सातादेखि बन्द, पठनपाठन प्रभावित

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामेमा रहेको थामे आधारभुत विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि पठनपाठन प्रभावित भएको छ । २०८१ साउन ३२ गते थामे माथिको २ वटा हिमपोखरी फुटेर आएको बाढीले विद्यालयको भवन पुर्ण रुपमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको हो ।
बाढी र डुवानका कारण विद्यालयमा रहेका शिक्षक पुस्तिका, शैक्षिक कागजात, शैक्षिक सामाग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटर लगायका सामानमा क्षती भएपछि पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बका शिक्षा अधिकृत प्रकाण्ड न्यौपानेले जानकारी दिनुभयो । हाल गाउँपालिकाले सोहि स्थानमा तत्काल विद्यालय बनाउन नसक्ने भन्दै खुम्जुङ माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई स्थान्तरणको तयारी गरेको छ ।
कक्षा ७ सम्म पढाई हुने उक्त विद्यालयमा ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको जनाएको छ । विद्यार्थीका शैक्षिक सामाग्रीहरु फाप्लुबाट हेलीकप्टर लगेर वितरण गर्ने तयारी गरिरहेको गाउँपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताउनुभयो । विद्यालय सँगै छात्रावास पनि पुर्ण रुपमा क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार