कोशी प्रदेश :  कांग्रेसका कारण सरकार विस्तारमा ढिलाइ

विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भएको झण्डै ४ महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन।

कांग्रेसमा मन्त्रालय भागबन्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको कांग्रेसकै नेताहरु बताउँछन्।

अघिल्लो गठबन्धनमा रहेको दल माओवादी केन्द्रले केन्द्रीय सत्ता फेरबदल भएसँगै साउन ११ गते कोशी सरकारबाट बाहिरिएपछि ४ मन्त्रालयमा मन्त्री छैनन्।

कांग्रेसले सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन नसकेका कारण सरकार विस्तारमा ढिलाइ भएको मुख्यमन्त्री कार्कीले बताउँदै आएका छन्।

यता कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पनि कांग्रेसकै कारण सरकार विस्तारमा ढिलाइ भएको स्वीकार गरेका छन्।

कांग्रेसकै कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने छ नि भन्ने प्रश्नमा उनले थाहाखबरसँग भने, ‘यो सही हो, हामीले मन्त्री पठाउन सकेका छैनौँ। किन पठाउन सकेनौँ भन्ने कुरा प्रष्ट हुन सकेन।’

उनले चाँडै सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउने दावीसमेत गरे। भदौ १४ गते प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिँदै उनले त्यो दिन कांग्रेस मन्त्रीहरुसहित प्रदेशसभाको बैठकमा जाने दावी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार