माप्य–खुम्बु मितेरी पुल भत्केपछि खुम्बु क्षेत्रमा खाद्यन्न ढुवानीमा समस्या

सोलुखुम्बु : यही श्रावण ३२ गत आएको बाढीले माप्य–खुम्बु मितेरी पुलमा क्षति पु¥याए पछि खुम्बु क्षेत्रमा खाद्यान्न लगाए अति आवश्यक सामाग्रीहरूको ढुवानीमा समस्या भएको छ । थामेबाट आएको बाढीले माप्य–खुम्बु मितेरी पुलमा सवारी साधन आवत जावत गर्न नमिल्ने गरी क्षति पु¥याए पछि खुम्बु क्षेत्रमा ढुवानीको समस्या भएको हो । यसै गरी बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर तिनको फाक्दिङ देखी नाम्चे जाने पदमार्ग कटान गरेका कारण पद मार्ग पनि अवरुद्ध रहेको छ । फाक्दिङ देखी नाम्चे सम्म करिब दुई सय मिटर पदमार्ग बाढीले कटान गरेको छ । बाढीका कारण जोर सल्ले, टोकटोक र घाट लगायतका क्षेत्रहरूमा पहिरोका कारण पदमार्गहरू अवरुद्ध रहेका छन् ।
बाढीले पदमार्ग कटान गरे पछि लुक्लाबाट नाम्चे हुँदै थामे सम्मको आवतजावत बन्द रहेको छ । पर्यटकीय सगरमाथा पदमार्ग भोटेकोशीले कटान गरे पछि आवतजावत बन्द भएको छ । बाढीले पदमार्ग कटान गरेका कारण पदमार्ग प्रयोग गरेर गरिने ढुवानी पनि बन्द भएको छ । मोटर बाटो र पदमार्ग अवरुद्ध भएपछि खुम्बु क्षेत्रमा समस्या भएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले १० दिन भित्रमा पदमार्ग मर्मत गर्ने निर्णय गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको आज बसेको बैठकले भदौ १४ गते भित्र सल्लेरी खुम्बु जोड्ने पद मार्गको मर्मत गरी सक्ने निर्णय गरेको अधिकृत भुसालले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार