नेचासल्यान : हाते ट्याक्टर (मिनिटिलर) वितरण

सोलुखुम्बु – जिल्लाको नेचासल्यान गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ । लम्पी स्कीन राेगका  कारण  गाउँका गाेरु बिरामी हुँदा राेपाई प्रभावित बनेपछि कृषकलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको गाउँपालिकाले जनाएकाे छ ।

५० प्रतिशत अनुदानमा ४० थान हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सविता बास्तोलाले जानकारी दिनुभयो ।  लम्पी स्कीनका कारण धेरै जसो गाेरु बिरामी परेका छन् भने कतिपय मरेको स्थानीय कृषकले बताएका छन्। पालिकाको तथ्यांक अनुसार हाल सम्म लम्पी स्कीनका कारण ८ वटा गाईगोरु मरेका छन् भने झण्डै ४ सय संक्रमित भएका छन् ।

रोपाईको समयमा गोरु विरामी भएपछि आफुहरुले अनुदानमा हाते ट्याक्टरको अवधारण अघि सारेको गाउँपालिका उपाध्यक्ष विना राईले बताउँनुभयो । हाते ट्याक्टर वितरण गरेपछि किसान खुसी भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार