काठमाडौं : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले सदनको अवरोध हटाउने सहमति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साेमबार बसेको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थियाे । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताउँनुभएकाे थियाे ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो ।