अराजक गतिविधिलाई छुट दिन सकिदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताउँनुभएकाे छ ।

शुक्रबार संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचान पक्षधहरूले कोशी प्रदेशको नामकरणको विरोधमा भइरहेका आक्रमणलाई छुट दिन नसक्ने बताएका हुन् ।

संविधान र कानुनलाई आफ्नो हातमा लिने, उदण्ड गतिविधि गर्ने, व्यक्ति नेता, सांसद वा अरूको सुरक्षामा थ्रेड दिनेलाई सरकारले छुट दिन नसकिने उहाँकाे भनाई छ ।  संविधान र लोकतन्त्र सम्बत ढंगले प्रदेशसभाले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउँदै वार्ता, संवादबाट यस्ता समस्या समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे ।

गृहमन्त्री श्रेष्ठले लामो संघर्ष र बलिदानीबाट आएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्नेहरूलाई बल पुग्ने गरीका काम नगर्न पहिचान पक्षधहरूलाई आग्रह गर्नुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार