तीन महिनापछि गाइड बालकुमारको शब भेटियो

सोलुखुम्बु : धौलागिरी हिमाल क्षेत्रमा बेपत्ता बनेका ट्रेकिङ गाइडको सब तीन महिनापछि फेलापरेको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ काँगेल बोगलका २७ वर्षीय बाल कुमार कार्कीको शव तीन महिनापछि भेटिएको हो ।

गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर वेपत्ता भएका कार्कीको शव मंगलबार फेला परेको प्रहरीले जानकारी दिएको छ । हिउँ पग्लदै गएपछि कार्कीको शव बाहिर निस्केपछि देखिएको हो । मृतकको शव हेलिकप्टर मार्फत पोखरा ल्याई गाडी मार्फत काठमाण्डौ ल्याइएको छ ।

फुल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट ट्रेकिङमा जानुभएका गाईड कार्की धौलागिरी हिमाल क्षेत्रमा पर्ने बेसक्याम्पको खरपासमा खसेर वेपत्ता हुनुभएका कार्कीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार