सामुदायिक विद्यालयको नतिजा सुधारकाे उपायसहित प्रस्ताव ल्याउन निर्देशन

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव र सचिवहरूलाई सामुदायिक विद्यालयको नतिजा स्तर खस्किएकाे भन्दै यसको सुधारका उपायसहित प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यसचिव र सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको तर सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो ? यसको निराकरण के हो? भनेर प्रश्न समेत गरे ।

‘सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नै पर्छ, मौजुदा स्रोतसाधन र क्षमताको इमानदारीपूर्वक कार्यान्वयनबाट पनि राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण चितवन र बुटवल लगायतका उत्कृष्ट नतिजा ल्याउने दर्जनौं सामुदायिक विद्यालयहरू छन्, तिनको सिको अन्य विद्यालयले गर्न नसक्ने कारण के हुन् ?, नीतिगत असहजता हो भने सुधारका उपायसहितको प्रस्ताव ल्याउनुहोस्, यो विसङ्गति हटाउनैपर्छ ।’

उनले कुनै पीर मर्का वा गुनासा भए आफूलाई सिधै सम्पर्क राख्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार