नेलेका आगलागी पीडितलाई गाउँपालिकाको रु.५०हजार राहत

सोलुखुम्बु : नेले घटनाका पीडित परिवारलाई थुलुङ दुधकोशी  गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । आगलागीबाट घर पुर्ण क्षती हुने प्रति परिवारलाई रु.५० हजार राहत प्रदान गर्ने अध्यक्ष स्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार आंसिक क्षति हुने प्रति परिवारलाई  रु.२५ हजार दिइने छ । मंगलबार दिउसो करिब ४ बजे वडा नं १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पुर्णरुपमा नष्ट भएको छ । यस्तै दुई घर आंशिकरुपमा नष्ट भएको छ भने अन्य विभिन्न पसलमा समेत क्षती हुँदा करोडौको नोक्सान भएको प्रहरीले जनाएको छ । उक्त घटना प्रती गाउँपालिकाले दुख व्यक्त गरेको छ ।

उक्त घटनामा थप क्षति हुन नदिन खटिने नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिका प्रहरी, थुलुङ दुधकोशी गाउँप्रहरी, सोलुदुधकुण्ड नगरपालिका, रेडक्रश कर्मी, जनप्रतिनिधि र स्थानीय वासीन्दा लगायत सहयोगी सबैलाई धन्‍यवाद ज्ञापन गरिएको गाउँपालिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार