जिल्ला प्रशासन सोलुखुम्बुको सेवा मंसिर १ गते देखि स्थगित

सोलुखुम्बु –  मंसिर १ गतेदेखि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा प्रवाह बन्द हुनेभएको छ । मंसिर ४ को निर्वाचनमा कर्मचारी खटिनेभएकाले १ र २ गते अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रशासनले मंगलबार एक सुचना जारी गर्दै अधिकांश कर्मचारीहरु निर्वाचन तयारी र मतदान केन्द्रहरुमा खटिसकेकाले गृह मन्त्रालयले दिएको विदा बाहेक दुई दिन थप गरिएको जनाइएको छ ।

गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । तर मतदान स्थल रहेका शिक्षण संस्था वा विद्यालयहरु भने मंसिर २ गतेदेखि ५ गते सम्म नै बन्द हुने गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार