पुर्व मन्त्री बलबहादुर संग मानबीरकाे प्रतिस्पर्धा

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : एक निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई बीच प्रतिस्पर्धा हुनेभएको छ । बलबहादुर यो सहित सात पटक चुनावी मैदानमा हुनुहुन्छ भने मानबीर चुनावी मैदानमा प्रवेश गरेको यो पहिलो हो ।

पाँचदलिय गठबन्धनबाट बलबहादुर के.सी रहनुभएको छ भने नेकपा एमालेबाट मानबीर राईले मनोनयन दर्ता गराउनुभएको छ । यी दवै उमेद्वारले जीत निश्चित रहेको दावी गरिरहनुभएको छ । साँझा उमेद्वार संगै व्यक्तिगत लोकप्रियता भएकाले आफ्नो जित निश्चित भएको बलबहादुर के.सी.को दावी छ ।

यस्तै टिकट वितरणमा नै समस्या देखिनुका साथै काँग्रेस पार्टी भित्रको आन्तरिक द्धन्द्धले गर्दा आफुले चुनाव जित्ने मानवीर राईको दावी छ । भने सातौ पटक चुनावी मैदानमा रहेका आफ्ना प्रतिष्पर्धीले चार पटक चुनाव जित्दा लोकप्रिय काम गर्न नसकेको कारण आफुले जित्ने मानबीरको जिकिर छ ।

नेकपा एमाले जिल्ला कमिटीको नेतृत्व समाल्नुभएका मानबीर राई यस पटक नेकपा पार्टीको केन्द्रीय सदस्य बन्न सफल हुनुभएको हो भने बलबहादुर केसी लामो समय देखि नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुनुहन्छ ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादीका गोपाल किराँती र २०७४ को निर्वाचनमा माओवादीकै हेमकुमार राई (शुरवीर)ले काँग्रेसका बलियो मानिने उमेद्वार बलबहादुरलाई पराजित गराएका थिए । बलबहादुर तीन पटक नेपाल सरकारकाे मन्त्री समेत भइसक्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार