सोलुखुम्बु – जिल्लाका निवर्तमान सांसद हेम कुमार राई ‘शूरवीर’ले पाँच वर्षे कार्यकाल जनताकै काममा बिताएको बताउनुभएको छ । जिल्लावासी नागरिकको खुसीका लागि विभिन्न योजना सहित मन्त्रालय र विकासे अड्डामा अधिकाम्स समय वितेको स्मरण गर्दै साम्सद राईले आफ्नो कार्यकाल जिल्लाकै स्वर्णिम युग? भएको बताउनुभयो ।
जिल्लामा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान साम्सद राईले ४८ वटा वडामा सडक पुर्याउन सफल भएको भन्दै ती सडक बार्है महिना संचालनको निम्ति विभिन्न खोलामा दर्जन बढी मोटरेवल पुल निमार्णको योजना अघि बढेको बताउनुभयो ।
कायाखेत, ओर्लाङघाट लगायतको पुल निर्माण सम्पन्न भएको र दिप्लिघाट, बर्खुघाट लगायतको पुल निर्माणको चरणमा रहेको उहाँले बताउनुभयो । यस्तै दर्जनौ झोलुङ्गे पुल निमार्ण गर्नुका साथै संचारको सहज पहुँच विस्तारको लागि फोर्जी टावर निर्माण, गुणस्तरीय शिक्षाको लागि भवन निर्माण, उज्यालो सोलुखुम्बु अभियान सार्थक बनाउन विद्युत प्राधिकरणको कार्यालय स्थापना देखि ग्रामीण विद्युतिकरणको लागि अरबौ बजेट व्यवस्थापन गरेको उहाँको दाबी छ ।
जिल्लाको सर्वाङ्गिन विकासको निम्ति स्वास्थ्य, खानेपानी तथा सिंचाई, कृषि तथा पशुपालन, पर्यटन प्रवद्र्धनलगायतको क्षेत्रमा कयौं काम गरेको भन्दै निवर्तमान साम्सद राईले पाँच वर्ष अघिको सोलुखुम्बु र अहिलेको सोलुखुम्बुको तुलना गरि मुल्यांकन गर्ने दायित्व यहाँका नागरिकको रहेको बताउनुभयो ।
पाँच वर्षमा जिल्लाको विकासको लागि हेम कुमारले सिन्का समेत भाँचेन भनेर टिप्पणी गर्नेहरुलाई जिल्लाको कुनाकुनामा गएर अवकोकन गरि धारणा निर्माण गर्न चुनौती दिनुभयो ।
जारी प्रेस विज्ञप्तिमार्फत गठबन्धनका उम्मेद्वारहरुलाई शुभकामना व्यक्त गर्दै विजयी गराउनका लागि आव्हान समेत गर्नुभयो । उहाँले जिल्लाबासी लाई धन्यवाद समेत दिनुभयो ।
हेर्नुहोस कार्यउपलधि जस्ताको तस्तै
मितिः २०७९।०६।२४
प्रेस नोट
प्रिय संचारकर्मी मित्रहरु !
मिति २०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमार्फत २०,७४७ मत प्रदान गर्दै सोलुखुम्बु जिल्लाको तर्फबाट मलाई प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित गर्नुभएकोमा तपाईं सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरुको अमूल्य मत प्राप्त गरि संघीय सांसदको रुपमा काम गर्ने जुन अवसर प्राप्त भयो, त्यस अवसरमा सोलुखुम्बु जिल्लाको समग्र क्षेत्रको विकास निर्माणको कार्यलगायत नीतिगत रुपमा खेल्नुपर्ने भुमिका इमान्दारपूर्वक भरपुर रुपमा निर्वाह गरेको कुरा सर्वविदितै छ ।
मैले आफ्नो कार्यकालमा विभिन्न ऋइख्क्ष्म्(ज्ञढ जस्ता प्राकृतिकि प्रकोप र दुई–दुई पटक संसद विघटन गर्ने प्रतिगामी कदमजस्ता विभिन्न व्यवधानहरुको सामना गर्नुप¥यो । विभिन्न उतारचढावको कारण सोंचेजति योजना सफल पार्न नसकिएता पनि मेरो कार्यकालमा सोलुखुम्बु जिल्लामा विकास निमार्णको कार्यमा विगतको तुलनामा अकल्पनिय छलाङ मारेको छ ।
यसबेला हामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्मुखमा छौं । हाल नेपालमा व्याप्त राजनीतिक परिस्थितिलाई आत्मसात गरि नेपालको संविधान र अहिलेको व्यवस्थालाई संस्थागत गर्न नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरुको गठबन्धन रहेको सर्वविदितै छ । सोही गठबन्धनको तर्फबाट सोलुखुम्बु जिल्लामा आधिकारिक उमेद्वारी दर्ता भइसकेको छ । यस अवधिमा मैले आफ्नो जिम्मेवारीमा रहेर गरेका मूख्य उपलब्धिहरु तपसिल बमोजिम रहेको जानकारी गराउँदछु ।
साथै अधुरा रहेका योजनाहरुलाई पूरा गर्न र थप पहलका लागि आगामी दिनमा समेत जिम्मेवार राजनीतिकर्मीको हैसियतले निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछु । यसै विज्ञप्तिमार्फत गठबन्धनको तर्फबाट उमेद्वार बन्नुभएका सम्पूर्ण उमेद्वारहरुलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै उहाँहरुलाई आफ्नो अमूल्य मत प्रदान गरि विजयी गराउनुहुन आम नागरिकसँग हार्दिक अपील गर्दछु ।
संघीय सरकार तथा विभिन्न स्रोतहरुबाट पहल गरिएका आयोजना तथा कार्यहरु
सडक खण्ड
– मिर्चैया–कटारी–घुर्मी–ओदलढुंगा–सल्लेरी–लुक्ला चौरीखर्क सडक खण्डलाई राष्ट्रिय गौरवको योजनानामा समावेश ।
– स्वर्ण सगरमाथा चक्रपथ निर्माणका लागि करोडौं बजेट बिनियोजन तथा कालोपत्रेकालागि टेण्डर प्रक्रिया सम्पन्न भई कार्य सुरु हुँदै ।
– सल्लेरी–नेले सडकखण्ड कालोपत्रे सम्पन्न ।
– सेलगुरी–काकु–वासा–जुभिङ–खरिखोला–लुक्ला सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ‘निर्वाचन क्षेत्र रणनैतिक सडक’ कार्यक्रमअन्तर्गत ६१ करोड बजेटको स्रोत सुनिश्चित तथा टेण्डर प्रक्रिया सुरु ।
– सल्लेरी–जुनबेशी–लामाजुरा–किन्जा–लिखुपिके गाउँपालिका हुँदै बागमति प्रदेश जोडिने सडक विस्तार
– सल्लेरी–नेले–सोता–महाकुलुङ हुदै छिमेकी जिल्ला भोजपुरसँग जोडिने सडक विस्तार ।
– सल्लेरी–नयाँ बजार–सल्लेरी सडक स्तरोन्नति ।
– सल्लेरी–तिङला–सल्यान–नेचा हुँदै ओखलढुंगा सडक विस्तार ।
– जिल्लाका ५२ मध्ये ४८ वडाहरुमा सडक सञ्जालको विस्तार ।
मोटरेवल पुल तथा झोलुङगे पुल
– जिल्लाभरि २ दर्जनभन्दा बढि मोटरेवल पुलहरुको निर्माण सम्पन्न तथा निर्माण कार्यको थालनी ।
– जिल्लाका विभिन्न स्थानमा २ दर्जनभन्दा बढि झोलुंगे पुलहरुको निर्माण ।
संचार
– जिल्लाभरिमा ३ दर्जन द्धन् टावरहरु निर्माण ।
– जिल्लालाई पहिलो पटक अप्टिकल फाइवरद्वारा कनेक्ट ।
शिक्षा
– ६ वटा स्थानीय तहहरुमा प्राविधिक शिक्षाको पठनपाठन सुरु ।
– नेचा सल्यान गाउँपालिकामा ऋत्भ्ख्त् को आंगिक कलेज स्थापना गर्न स्वीकृती प्रदान ।
– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विभिन्न विद्यालयहरुमा करोडौंको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति ।
– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ सोलुखुम्बुका दुई विद्यालयमा संचालन ।
विद्युत
–विद्युत वितरण केन्द्रको कार्यालय स्थापना ।
– ‘उज्यालो सोलुखुम्बु जिल्ला’ अभियान कार्यक्रमको घोषणा ।
– ग्रामिण विद्युतिकरणका लागि डेढ अर्ब बराबरको कार्य सम्पन्न, ६ हजारभन्दा बढि घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको जडान ।
– ‘उज्यालो सोलुखुम्बु जिल्ला’ अभियानअन्तर्गत जिल्लाको पूर्ण विद्युतिकरणका लागि १ अर्ब ६० करोड बराबरको ठेक्का स्वीकृत । (यस अभियानअन्तर्गत जिल्लाका सबै घरमा राष्ट्रिय प्रसारण लाइनको जडान गर्ने काम १८ महिनाभित्र सम्पन्न हुनेछ ।)
स्वास्थ्य
– ८ वटै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण तथा निर्माण कार्यको थालनी ।
– जिल्ला अस्पताल फाप्लुमा औसतमा दैनिक ४० सिलिण्डर उत्पादन हुनेगरि अक्सिजन प्लान्टको स्थापना साथै आइ सि यू वेडको व्यवस्था ।
– प्रत्येक वडामा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको स्थापना ।
खानेपानी तथा सिंचाई
– फाप्लु, सल्लेरी, सोताङ, सल्यान, नेचालगायत जिल्लाका विभिन्न स्थानमा साना–ठूला खानेपानी आयोजनाहरुको निर्माण ।
– २४ करोड बराबरको नेचा खानेपानी लिफ्टिङ आयोजनाको थालनी ।
– देउसा दुधकोशी, वाकु दुधकोशी, सोताङ हुँगा, जुबु दुधकोशी, सोलुखोला सल्यान, सोलखोला नेचा सिंचाई लिफ्टिङ आयोजनाको सर्वे तथा म्एच् निर्माण र योजना स्वीकृत ।
कृषि तथा पशुपालन
– सुन्तला, किवी, अदुवा, बेसारलगायतका जोनहरुको स्थापना र संचालन ।
– बाख्रापालन, तरकारी खेती, फलफूल खेती, मौरी पालन, ट्राउट माछा पालन, कागती खेती लगायतका कार्यक्रमहरु संचालन ।
भूकम्प पुनःनिर्माण
– भुकम्प पुनर निर्माणको कार्यालय सल्लेरीमा स्थापना ।
– भूकम्पद्वारा क्षति भएका १२ हजारभन्दा बढि जनताको घर पुनःनिर्माण ।
– जिल्लाका विभिन्न स्थानहरुमा ३ दर्जनभन्दा बढि गुम्बाहरुको मर्मत ।
– विभिन्न सामुदायिक विद्यालहरुमा ८ सय कक्षाकोठाको निर्माण ।
शहरी विकासअन्तर्गत
– सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत २ हजारभन्दा बढि घरधुरी जस्तापाताले छाउने कार्य सम्पन्न ।
– सुन्दर हिमाली शहरको रुपमा लुक्लालाई छनौट गरि बजेट विनियोजन ।
– फाप्लु–सल्लेरी–दोर्पु आधुनिक ढल निर्माणका लागि २४ करोड बजेट बिनियोजन ।
विमानस्थल
– फाप्लु र लुक्ला एयर्पार्टको स्तरोन्नतिका लागि बजेटको व्यवस्था ।
– महाकुलुङ विमानस्थल निर्माणका लागि क्ष्भ् च्भउयचत पास गर्नुका साथै म्एच् निर्माण ।
पर्यटन प्रवद्र्धन
– पर्यटन प्रवद्र्धनका लागि जिल्लाका विभिन्न स्थानमा ५० किलोमिटरभन्दा बढि पदमार्ग निर्माण ।
राहत उद्दार तथा जनसेवाका कार्यहरु
१) ऋइख्इम्(ज्ञढ को महामारी र लकडाउनको समयमा काठमाडौंबाट सोलुखुम्बु जान चाहने ८ हजार भन्दा बढि नागरिकहरुको सुरुक्षित उद्दार ।
२) ऋइख्इम्(ज्ञढ को महामारी र लकडाउनले अस्तव्यस्त बनेका सोलुखुम्बुका नागरिकहरुलाई काठमाडौं, सोलुखुम्बुलगायतका विभिन्न स्थानमा राहत वितरण ।
३) विभिन्न समयमा बाढी–पहिरो, प्राकृतिक प्रकोप, आगजनीलगायतका पीडितहरुलाई उद्दार तथा राहत वितरण ।
४) सोलुखुम्बु जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा ।
५) सोलुखुम्बु जिल्ला साक्षर घोषणा आदी ।
संसद विकास कोषअन्तर्गत बिनियोजन गरिएका मूख्य आयोजनाहरु
१) दुधकोशी नदीको ओर्लाङघाटमा निर्मित माप्य–खुम्बु मितेरी मोटरेबल पुल निर्माणका लागि १ करोड भन्दा बढि रकम प्रदान ।
२) दुधकोशी नदीको कायाखेतमा निर्मित मोटरेबल पुलका लागि १ करोड दश लाख रकम प्रदान ।
३) लुक्ला ट्रस ब्रिज निर्माण ।
४) सुर्के खोला ट्रस ब्रिज निर्माण ।
५) वाकु भुमेथान (वास ख्वाम) निर्माण ।
६) दुधकोशी–खोर्दा–पन्चकन्या हुलु सडक निर्माण ।
७) सोताङ सभा हल निर्माण ।
८) पोम्लालुङ पदमार्ग निर्माण ।
९) पेल्माङ आ.वि. ४ कोठेभवन निर्माण ।
१०) छेस्काम पदमार्ग निर्माण ।
११) दुधकोशी सामुदयिक अस्पताल निर्माण ।
१२) चारघरे–मुक्लि सडक निर्माण ।
१३) सोताङ–पतासे सडक निर्माण ।
१४) थुलुङ सामा भवन निर्माण (नेचा) ।
१५) बाहिङ मुलुखिम भवन निर्माण (नेचा) ।
१६) गैरी–नेचा–फुर्के खानेपानी निर्माण ।
१७) टाक्टोर–लामाजुरा सडक ट्रयाक ओपनलगायत विभिन्न क्षेत्रमा विकासका निम्ति १४ करोड बजेट विनियोजन ।
क्रान्किारी अभिवादनसहित !
हेम कुमार राई ‘शूरवीर’
निवर्तमान संघीय सांसद,
केन्द्रीय सदस्य, नेकपा (माओवादी केन्द्र)