गाउँपालिकाको निर्णय तत्काल सच्याउन एमाले नेचासल्यानको आग्रह

सोलुखुम्बु : नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले तत्काल निर्णय सच्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ । गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुलाई विना कारण सामान्य सूचना समेत नदिइ सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको उल्लेख गर्दै कार्यपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

आइतबार बिज्ञप्ति जारी गर्दै एमालले तत्काल निर्णय नच्याए आउन सक्ने परिस्थितिको जिम्मेवारी स्थानीय सरकार स्वयम हुनुपर्ने चेतावनी समेत दिएको छ ।

गाउँपालिका अध्यक्ष धञ्जन राईको अध्यक्षतामा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पञ्जिकरण शाखा, शिक्षक र विद्यालय कर्मचारी बाहेक अन्य सबै करार र ज्यालादारी कर्मचारीहरुको करार अवधी थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लवुन राइले जानकारी दिनुभयो ।

कर्मचारीहरुको करार अवधी थप नगर्ने गाउँकार्यपालिकाको सो निर्णयमा गाउँपालिकाको वडा नं–५ का वडाध्यक्ष राजन राईले भने नोट अफ डिसेन्ट लेखेको बताईएको छ ।                                                   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार