हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला चार वर्षपछि खुल्यो 

खोटाङ : हलेसी मन्दिर व्यवस्थापन समिति खोटाङको कार्यालयमा चार वर्ष देखि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राईको उपस्तिथिमा आइतबार बसेको बैठले उक्त ताला खोल्ने निर्णय गरेको हो ।
मन्दिर व्यवस्थापन समिती गठनका क्रममा विवाद भएपछि कार्यालयमा ताला लागेको थियो । यस्तै आजै सम्पन्न बैठकले मन्दिर वासपासमा भएको सडक बत्ती र सिसि क्यामेरा बिग्रेकाले प्राविधिक स्टामेट अनुसार काम गर्ने पनि निर्णय गरिएको नगर प्रमुख राईले जानकारी दिनुभयो ।
विगतको दिनमा पुजारी मार्फत संकलन गरिएको भेटी रकम समेत मन्दिर व्यवस्थापन समिति आफैले संकलन गर्ने पनि निर्णयमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार