दैलेख : दैलेख गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ । गाउँपालिकाले करार कर्मचारी हटाउन विषयमा विवाद भएपछि प्रहरीले गोली चलेको हो ।
दैलेखको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले तिन राउड हवाई फाइर गर्नु परेको बताए ।
आन्दोलन कारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी सहित ७ जना सुरक्षा कर्मी घाइते भएका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन् ।
आन्दोलन कारीले ढुङ्गा मुडा गरेपछि घाइते भएका ७ जना सुरक्षा कर्मी मध्ये ५ जनाएको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।