काठमाडौं: रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गर्नभएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उहाँले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पार्नु भएको छ ।
उहाँले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गर्नु भएको हो । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताउनु भयो ।
आफू भएका दलहरुले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको उहाँको आरोप छ ।