बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं : बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लानलाई दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न रोक लगाएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनु भएको छ । उहाँले स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेको बताउनु भयो । स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले पनि बल प्रयोग गरेको उहाँले बताउनु भयो ।

प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको समेत गरेको थियो । काठमाडौंबाट दुई सय बढी प्रहरी बञ्चरेडाँडामा परिचालन भएका छन् । ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ । स्थानीयहरू बाटोमा ढुंगामुढा तेर्स्याएर डाँडामाथि उक्लिएका छन् ।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार