काठमाडौं : जनता समाज पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पाचँ दलीय गठबन्धनमा काठमाडौं लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सहभागी भए स्वागत गर्ने बताउनु भएको छ ।
बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उपेन्द्र यादवले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताउनु भयो ।
उहाँले हिजो गल्ति सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनु भयो । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै उहाँले अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताउनु भयो । अध्यक्ष यादवले मंगलबार जनकपुरमै आयोजित एक कार्यक्रममा लोसपाका नेताहरूलाई एकतामा आउन आह्वान गर्नु भएको थियो ।