विप्लव नेकपाका प्रवक्ता विश्वकर्मा र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

बुधबार गृहमन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका कार्यकर्ताको रिहाइ र मुद्या पिर्ताको माग राख्नु भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार