काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताउनु भएको छ । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनु भएको हो ।
अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उहाँले आफूलाई कुनै लालच नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले नेकपा एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना समेत नरहेको बताउनु भयो । उहाँका अनुसार ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन । आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरुबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरु भष्म हुने बताउनु भयो ।
धोका दिने तरिका विभिन्न पार्टीहरुले यसपटक पनि अंगालेका छन् । उहाँहरुलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरुको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरु भस्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु उहाँले गठबन्धन दलहरुलाई भन्न’ भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताउनु भयो ।