अमेरिकी उपमन्त्री जिया काठमाडौंमा

काठमाडौं : नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आइपुग्नु भएको छ ।

उहाँ भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं उत्रिनु भ्एको हो । उहाँलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अमेरिकी राजदूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो ।

नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उहाँको नेपाल भ्रमण भएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना गरेको ७५ औं वर्ष चलिराखेको बेलामा भ्रमणको आदान–प्रदान भइरहेको बताउनु भयो ।

उहाँले ,‘यस्ता विशेष वर्षहरुमा दुवैतिरबाट भ्रमण आदान–प्रदान होस् भन्ने हाम्रो अधिकतम पहल पनि हुने बताउनु भयो । लम्सालले जियाले नेपालमा आफ्नो पद अनुसार मानव अधिकार, नागरिक सुरक्षा अनि प्रजातन्त्रप्रति द्विपक्षीय रुपमा छलफल गर्ने समेत जानकारी दिनु भयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार