स्थानीय निर्वाचनमा ६२ हजार प्रहरी परिचालन गरिने

काठमाडौं  ;आगामी वैशाख ३० मा हुने स्थानीय तहका निर्वाचनमा नेपाल प्रहरीले आफ्नो ९० प्रतिशत जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार यस्तो निर्णय गरेको बताइएको छ । ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताउनु भयो ।

प्रहरी प्रधान कार्यालयले १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै कार्यालयमा राख्ने भएको छ । कार्यालयको सुरक्षाका लागि १० प्रतिशत जनशक्ति प्रहरी युनिटहरूमा बस्ने एसएसपी केसीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार