सोलुखुम्बुमा माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको नताको दावी

सोलुखुम्बु : नेकपा माओवादी केन्द्र सोलुखुम्बु समन्वय समितिका सम्योजक असिम राइले आफुहरु गठबन्धनमा इमानदारीता साथ लाग्ने बताउनुभयो । दुधकोशी-काठमाडौ सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदनप्रदान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले आफुहरु केन्द्रीय निर्णय मान्न तयार रहेपनि काङ्ग्रेसको आन्तरिक कलहका कारण जिल्लामा गठबन्धनमा समस्या आउने बताउनुभयो ।

माओवादी एकलै निर्वाचनमा जादा जित्ने अवस्था हुँदा हुदै पनि केन्द्रीय निर्णय अनुसार अघि बढ्ने गरि छलफल अगाडि बढाएपनि काङ्ग्रेस भित्र देखिएको आन्तरिक मतभेदले समस्या ल्याएको बताउनुभयो ।

यस्तै सोलुखुम्बु जिल्लामा माओवादी केन्द्र एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने दावी गर्दै काङ्ग्रेसले विश्वासको वातावरण निर्माण गर्नुपर्ने अताउनुभयो ।  बहुप्रतिभाशाली व्यक्तिहरुको आगमनले पनि पार्टी पहिलो बन्ने भन्दै संयोजक राई ले नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकाले सोही नीति अनुसार काम गर्न सक्नेलाई उमेदवार बनाउने बताउनुभयो ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य शिव बहादुर बस्नेत (राजेन्द्र) ले माओवादीको एजेन्डामा देश संचालन भइरहेको भन्दै सोही अनुसार निर्णय गर्न आम मतदातालाई आग्रह गर्नुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बस्नेतले जनताको चहाना र स्थानीय आवस्यकता अनुसार काम गर्न सक्ने पार्टी माओवादी नै भएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार