काठमाडौ : विभिन्न पार्टी परित्याग गरि ६७ नेता/कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकोशी – काठमाडौ सम्पर्क समितीले आयोजना गरेको शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यममा उहाँहरुले पार्टी प्रवेश गरेका हुन ।
एमाले, कांग्रेस, जसपालगायतका दल परित्याग गरी मदन राई, किताबसिंह तामाङ, गीताबहादुर कार्की, तुल बहादुर बिक, र पुष्पकला तामाङ लगायत साेलुखुम्बुका अन्य नेताहरूसहित ६७ जनाले माओवादी प्रवेश गरेका हुन् । नेकपा एमालेका जिल्ला सदस्य समेत रहनुभएका किताब हिंसको नेतृत्वमा थुलुङ दुधकोशी -७ का ५१ जना माओवादीमा प्रवेश गरेको प्रचारप्रसार विभागले जनाएको छ ।
उनीहरूलाई अध्यक्ष राईसँगै माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’, माओवादी केन्द्र प्रदेश नं. १ सहसचिव सागर कराँतीलगायतले स्वागत गर्नुभएको छ । समाज रुपान्तरणका निम्ति माओवादी केन्द्रको भुमिका महत्त्वपूर्ण रहनुका साथै नीति अनुसारको नेतृत्व समेत सोही पार्टीमा देखिएकाले प्रवेश गरेको उनिहरुको भनाइ छ । एमालेमा भ्रष्ट नेताहरु अत्याधिक भएकाले पार्टी परिवर्तन गर्न बाध्य भएको नेता किताब सिंह तामाङको भनाइ छ । पाँच पटक सगरमाथा आरोहण गरिसक्नुभएका उहाँ थुलुङ दुधकोशी -७ मा निकै लोकप्रिय मानिन्छ । यस्तै सोलु दुधकुण्ड नगरपालिका-११ तिङलाका मदन राई सफल व्यबसायी हुनुहुन्छ । गाउँमा परिचित मदन राई उमेदवार बनेको अवस्थामा अन्य पार्टीका कार्यकर्ताले समेत सहयोग गर्ने हुँदा जित निश्चित हुने आकलन गरिन्छ । पुष्पकला तामाङ यस अघि माओवादी केन्द्रमै हुनुहुन्थ्यो । आफुलाइ झुक्याएर एमालेको कार्यक्रममा बोलाएर पार्टी प्रवेशको घोषणा गरिएको उहाँको भनाइ छ ।