नेकपा (एमाले) थुलुङ दुधकोशीको निर्वाचन लक्षित निर्णय, विभिन्न समिति गठन

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेकपा (एमाले) थुलुङ दुधकोशी गाउँ कमिटीको चौथो पूर्ण बैठक बुधबार सम्पन्न भएको छ । नेकपा एमाले प्रदेश नं १ कमिटीका सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ’क’ का सांसद उत्तमकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आधारित विभिन्न निर्णयहरु गरेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सदस्य सिमसन किराँतीले जानकारी दिनुभयो ।

किरातीका अनुसार बैठकले उदयनारायण बस्नेतको संयोजकत्वमा १९ सदस्यीय पालिका स्तरीय निर्वाचन घोषणापत्र मस्यौदा समिति, सिमसन किराँतीको संयोजकत्वमा १३ सदस्यी प्रचार–प्रसार समिति, आङबाबु राईको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति, श्याम कुमार राईको संयोजकत्वमा प्रदेश सदस्य–जिल्ला कमिटी सदस्य–गाउँ कमिटीका पदाधिकारीहरु सबै सदस्य रहने गरी उम्मेद्वार छनौट समिति, नन्दराज गुरुङको संयोजकत्वमा १५ सदस्यीय आर्थिक परिचालन समिति र लेखराज खड्काको संयोजकत्वमा राष्ट्रिय युवा संघ नेपाल गाउंपालिका कमिटीका पदाधिकारी र सदस्यहरु सबै सदस्य हुने गरी युवा परिचालन समिति गठन गरेको छ ।

बैठकमा प्रमुख अतिथि सांसद बस्नेतले जिम्मेवारी प्राप्त र बैठकमा उपस्थित सम्पूर्णलाई निर्वाचनको अभियानमा होमिन आग्रह गर्नुभएको किराँतीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार