विराटनगरमा : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने हटाउनुपर्ने बताउनुभएको छ । ५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताकालागि जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘म दलितहुँ । उमाथिको जातहो । त्यसले जस्तो म कामगर्न सक्दिन भन्ने मानसिकता हटाऔँ, म पनि अरू जत्तिकै कामगर्न सक्छु भनेर लाग्नुप¥यो ।’ उहाँले भन्नुभयो । दलित समुदाय भित्र पनि निम्नवर्गका मानिसको जीवनस्तर उकास्न लाग्नुपर्ने उहाँको भनाई छ ।
प्रदेश १ बाट सहभागी महिला जनप्रतिनिधिहरूले आफ्नो ५ वर्षको कार्यकालमा व्यक्तित्व विकास देखि नेतृत्व विकास सम्मको अनुभव सुनाएका छन् । वडा सदस्य रहेका महिलाहरूले अब पार्टीले जिम्मेवारी दिएमा उपमेयर मेयर कै पनि कार्यभार समाल्न सक्ने क्षमता अभिवृद्धि भएको बताउँनुभयाे ।
मन्त्री कार्कीले दलित भएकै कारणले थिचोमिचोमा पर्न नहुनेमा जोड दिनुभयो । जनप्रतिनिधिले आफ्ना समुदायका नागरिकको जीवनस्तर उकास्नतर्फ ध्यानदिन उहाँले निर्देशन दिनुभयो । जातीय छुवाछुतकै कारणले कोही थिचोमिचोमा पर्छ भने कानूनअनुसार कारबाही हुने उहाँको भनाई छ । ‘तपाईहरु नेताहो, तपाईहरु सबैको न्यायगर्ने ठाउँमा हुनुहुन्छ । उहाँले भन्नुभयो,‘सबै जनताले नै तपाइहरूलाई भोट दिएको हुनाले समाज सुधार्ने जिम्मेवारी पुरा गर्नुपर्छ ।’