सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शुरेस कुमार राई(हिमाल)ले माओवादीसंग एक्लै चुनाव लड्न सक्ने क्षमता रहेको बताउँनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सोलुखुम्बको दोस्रो पुर्ण बैठकलाई संबोधन गर्दै नेता राईले कुनैपनि दलसंग गठबन्धन नगरि एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने प्रशस्त आधार रहेको दावी गर्नुभयो ।
प्रमुख अतिथिको आषणबाट बोल्दै नेता राईले प्रदेश नं. १ का १४ जिल्ला मध्ये सांगठानीक हिसाबले सोलुखुम्बु पहिलो भएकाले पनि गठनबन्धन गरिरहनुपर्ने आवश्यकता नभएको बताउँनुभयो । यस अघिको स्थानीय तह निर्वाचनमा तीन वटा पालीकामा बिजयी हासिल गरेको माओवादीले यस पटकको निर्वाचनमा सबै पालीकामा बिजयी हासिल गर्ने गरि तयारी गर्न निर्देशन दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) प्रदेश १ सदस्य तथा जिल्ला समन्वय समिति संयोजक असिम राईको अध्यक्षतामा सम्पन्न बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य शिबबहादुर बस्नेत (राजेन्द्र)ले शिद्धान्त बिनाको काँग्रेस र बिचार बिनाको एमाले पार्टीलाई भोट हालेर जनताले गल्ति गरिरहेको बताउँनुभयो । पार्टीको एजेण्डा जनपक्षिय रहेको सबैमा प्रष्ट भएकाले अबको स्थानीय तह निर्वाचनमा मतदाताले माओवादीलाई पहिलो पार्टी बनाउनेमा आफु विश्वस्त भएको उहाँको भनाई छ ।
यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले अबको स्थानीय तह निर्वाचनमा माओवादी पार्टी पहिलो बन्ने दावी गर्नुभयो । माओवादीले जितेको स्थानीय तहमा भएको बिकास निर्माण र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको काम आकाश जमिनको फरक भएकाले माओवादी पार्टी यस पटक पहिलो हुने उहाँले जिकिर गर्नुभयो ।
यस्तै बैठकले जिल्ला समन्वय समिति सचिवमा प्रदेश समिति सदस्य समेत रहनुभएका नाम्गेल शेर्पालाई चयन गरेको छ । यस्तै जनसम्पर्क समन्वय समितिको संयोजकमा हेम कुमार राई, आर्थिक समिति संयोजकमा असिम राई, जनबर्गिय संगठन मोर्चा फ्याक्सन इन्चार्जमा ध्रुव शर्मा पराजुली, घोषणा पत्र मस्यौदा समितिमा हिमाल गिरी, प्रचार प्रसार समिति संयोजकमा भोजराज कार्की र अखिल क्रान्तिकारीको फ्याक्सन इन्चार्जकाे जिम्मेवारी बिजय तामाङलाई दिइएकाे छ ।
बैठकमा केन्द्रीय सदस्य चम्पा कार्की (शिखा) प्रदेश समितिका उपाअध्यक्ष देवान चाम्लिङ, प्रदेश सहसचिवहरु ऋषिराम ढुंगाना, कुमारी राई र सागर किराँतीका साथै जिल्ला नेता गोम्बु शेर्पा (कज्र्याङ) लगायतको उपस्थितित रहेको थियो ।