सर्वोच्च अदालतका न्यायधीश सहितको टोली भाेली कालापत्थर पुग्ने

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल सहितको टोली लबुचे बाट गोरप्सेप तर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली सोमबार बिहान गोरप्सेप तर्फ प्रस्थान गरेको हो ।

फागुन १६ गते लुक्ला आएको ४० जना महिलाको टाली अहिले सम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बताउँनुभयो । उहाँका अनुसार उक्त टोली मंगलबार बिहान ८ बजे कालापत्थर पुगेर अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम गर्नेछ ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उदेश्य सहित विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु १३ दिने पदयात्रमा निस्किएको आयोजक संस्थाले जनाएको छ ।

विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीको मुहान सुक्ने लगायतको कार्य भईरहेको र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

२०२२ मा ‘साथसाथै’को यो अभियान सातै प्रदेशमा पुर्याउने लक्ष्य रहेको जानकारी गराउनुभयो । यस अघि पदयात्रा अघि ‘साथसाथै’ले अन्नपूर्ण आधारशिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ । यो अभियानले जलवायु परिवर्तन र महिलाको मुद्दा मात्रै उजागर नगरि आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

अभियनमा निस्कदै गर्दा विभिन्न संघसंस्था देखि अन्य व्यक्तिहरुले समेत सकरात्मक रुपमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । सबैको सहयोग र कार्यक्रम आयोजना हुने अघिल्लो दिन सम्म अभियानमा रहेका सबै जना सकुशल गोरप्सेपमा पुग्नुले पनि अभियानको उदेश्य पुरा हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष कार्कीले टेलिफोन सम्पर्कमा बताउँनुभयो ।

अभियनका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपिडिसनले लिएको छ । यस्तै अभियानका क्रममा हुन सक्ने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर प्रहरी समेत साथमै खटाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

गाउँपालिकालाई कार्यक्रमबारे जानकारी नै छैन
कालापत्थर रहेको गाउँपालिका खुम्बुपासाङ ल्हामु हो । यहि गाउँपालिकामा विशेष कार्यक्रम आयोजना हुँदैछ । त्योपनि अन्तराष्ट्रिय नारीदिवसको अवसरमा जलवायु परिवर्तनका कारण महिलाको जनजीवनमा पारेको अवसरको विषयमा घोषणा पत्र नै जारी गर्ने योजना छ । तर कार्यवहाक अध्यक्ष महिला भएर नेतृत्व गरेको गाउँपालिका र सिङ्गो जनप्रतिनिधिले कार्यक्रमबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताउँछन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवबहाक अध्यक्ष टासी ल्हुम शेर्पाले कालापत्थरमा कार्यक्रम गर्ने गरि महिलाटोली पदयात्रामा निस्किएको समाचारमा देखे भएपनि आधिकारीक संस्थाबाट खबर नभएको बताउँनुभयो । गाउँपालिका संग यस अघि समन्वय गरेको भए आफुहरुलेपनि सहयोग गर्नसक्ने भन्दै कार्यवहाक अध्यक्ष शेर्पाले समन्वय नगरेको विषयमा कुनैपनि आपत्ति नभएपनि स्थानीय सरकारको समेत सहभागितामा गरेको कार्यक्रमले अझ बढी सार्थकता पाउन सक्ने बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार