नेकपा एमाले भोजपुर-काठमाडौ सम्पर्क मन्चको अध्यक्षमा फुर्वा शेर्पा

काठमाडौं : नेकपा एमाले भोजपुर काठमाडौ सम्पर्क मन्चको १३ औ सम्मेलन फुर्वा शेर्पालाई अध्यक्षमा सर्वसम्मन रुपमा चयन गर्दै सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थाइ कमिटी सदस्य तथा प्रदेश नम्बर १ का पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य हरि बहादुर राई, पूर्व मन्त्री कृपा सुर शेर्पा, भोजपुर जिल्ला कमिटी अध्यक्ष शरण कुमार राई, राष्ट्रिय युवा सघंका केन्द्रीय उपाध्यक्ष रोशन बस्नेत, केन्द्रीय सचिव सुजन राईको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले शेर्पाको अध्यक्षतामा ७ पदाधिकारी सहित ४१ सदस्यीय कमिटी सर्वसम्मत रूपमा गठन गरेको छ । अध्यक्षमा फुर्बा तेन्जिङ शेर्पा, उपाध्यक्षमा ईश्वर आचार्य र सन्च कुमारी राई सचिवमा ढोकल आले, सह–सचीवमा विरेन्द्र श्रेष्ठ र अनन्त राई र कोषाध्यक्षमा अविरल कार्की हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी एमाले प्रति आस्था राख्ने भोजपुर जिल्लाबाट राजधानी आई बसोबास गर्ने सबैलाई गोलबद्ध गर्ने उद्देश्यले सम्पर्क मञ्चको स्थापना भएको कारण यसमा सबै भोजपुर जिल्लाबासी एक भएर लाग्नु पर्नेमा जोड दिदै प्रमुख अतिथि तथा मुख्यमन्त्री शेरधन राईले सम्मेलन सफलताको शुभकामना दिनु भयो ।

सम्मेलनबाट नव निर्वाचित अध्यक्ष फुर्वा तेन्जी शेर्पाले पार्टीको बिकास र विशेष गरेर भोजपुर जिल्लाको विकासका लागि सधै लागि पर्ने प्रतिबद्धता व्याक्त गर्नु भयो । निर्वाचित शेर्पा नेपाल शेर्पा संघको केन्द्रीय उपमहासचिव, भोजपुर शेर्पा समाजका अध्यक्ष, लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रिय सदस्य तथा विदेश विभाग सचिव, पासाङ ल्हामु कलेजका स्नातक प्रमुख र एडु एडभेन्चर्सका प्रबन्ध निर्देशक समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार