सोलुखुम्बु : राजनीतिक विश्लेषक हरि रोक्काले नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टीले एमसीसीको विषयमा अनैतिक कार्य गरेको दावी गर्नुभयो । नेपाली काँग्रेसको इतिहासलाई हेर्दा महाकाली सन्धि देखि एमसीसी अनुदान माग गर्ने लगातमा उसैको भूमिका रहेकाले देशको हितमा काम नगर्ने प्रष्ट भएपनि बामपन्थि भन्ने पार्टीले समेत सोही बाटो अबलम्बन गरेको उहाँको भनाई छ ।
“अनुमोदन नै गर्नुथियो भने किन यतिको कच्चा खेला ग¥र्या ?” विश्लेषक रोक्काले भन्नुभयो, “११ बुँदे व्याख्यात्मक टिप्पनी सहित छलफल गर्नुको कुनै अर्थ छैन यो एउटा आम नेपालीलाई ढाँट्ने काम मात्रै हो ।”
वर्तमान अवस्थामै अनुमोदन भए एमसीसी राष्ट्रिय हितमा हुन नसक्ने तर्क गर्दै उहाँले राष्ट्रप्रतिको निष्ठा कुनैपनि दलमा नदेखिएको बताउँनुभयो । यस कार्यमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले समेत बोल्न नसक्नु प्रमुख कम्जोरी रहेको बताउँनुभयो । राष्ट्रियता संग जोडिएको विषयमा मौन बस्नु सबै भन्दा गलत भएको भन्दै उहाँले प्रमुख पार्टीहरुको भुमिका संकास्पद र नविनतम विचारको नभएको टिप्पनी गर्नुभयो ।
एमसीसीलाई रुस र युक्रेनसंग संग तुलना गर्न नमिल्ने भएपनि नेपालको अस्थित्व संकटतर्फ उन्मुख भएको बताउँनुभयो ।