माप्यदुधकाेशीकाे सेवा आफ्नै प्रशासनिक भवनबाट

सोलुखुम्बु : जिल्लाकाे माप्यदुधकोशी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनकाे उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ खास्तावमा निर्माण गरिएको सुविधा सम्पन्न भनिएकाे १३ कोठे भवनको आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

उक्त भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा एमाले प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले माप्यदुधकोशी गाउँपालिमा एमालेको जनप्रतिनिधिहरुले गरेको विकासमा नागरिक सन्तुष्ट रहेकाे बताउँनुभयाे । उहाँले आगामी चुनावमा पनि एमालेले नै जित्ने दाबी गर्दै विकासका लागि एमालेको विकल्प नभएको जिकिर गर्नुभयाे ।

यस्तै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले पालिकाको आफ्नै भवन उद्घाटन भएसँगै विगतको दिनमा जस्तो साँगुरो कोठामा कोचिएर सेवा प्रभाह गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको छ । गाउँपालिकाको एक करोड २० लाखको लागतमा करिब ६ महिना भित्रै उक्त भवन निर्माण सम्पन्न भएको उहाँकाे भनाई छ । उहाँले माप्यदुधकोशीमा गर्नुपर्ने विकास केही बाँकी नरहेको दाबी गर्दै आगामी निर्वाचनबाट आउँने जनप्रतिनिधिलाई पालिकामा के काम गर्ने भन्ने चिन्ता हुने तर्क गर्नुभयो ।

यस्तै उपाध्यक्ष जुनिता माया मगरले माप्यदुधकोशीका जनताको सेवामा सहजताका लागि भवन उद्घाटन भएकाले अब गुणस्तरिय सेवामा आफुहरु केन्द्रित हुने बताउँनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मानविर राई, गाउँपालिका प्रबक्ता तेज बहादुर मगर सहित पालिकाका वडाअध्यक्ष तथा जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार