संसद बैठक आइतबार सम्मकोलागी स्थगित

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः सूचना टाँसेर स्थगित गरिएको छ।

एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्न बोलाइएको बैठक हिजो पनि स्थगित गरी आजका लागि बोलाइएको थियो। एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ।

सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो। संसद्को अर्को बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार सभामुख प्रतिनिधिसभाको बैठक सार्न वा स्थगित गर्न पाउने कानुनी व्‍यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार