खुम्बुमा एकीकृत पाठ्यक्रम कार्यान्वयन सम्बन्धी सुरु

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ चौरीखर्कमा एकीकृत पाठ्यक्रम कार्यन्वयन सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । हिमालयन ट्रष्ट नेपालको आयोजनामा महेन्द्र ज्योति माध्यमिक विद्यालयमा उक्त तालिम सुरु भएको ट्रष्टका कार्यक्रम व्यवस्थापक ल्हाक्पा तेन्जी लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले लागु गरेको एकीकृत पाठ्यक्रमलाई विद्यालयमा लागु गराउन शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको हो । हिमालयन ट्रष्ट नेपालका प्रमुख कार्यकारी अधिकृत डा. मिङमा नोर्बु शेर्पा र गाउँपालिका शिक्षा समिति सदस्य तथा महेन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारसिंह राईले संयुक्त रुपमा तालिमको उद्घाटन गर्नुभयो ।

ट्रष्टका शिक्षा सल्लाहकार महेन्द्र कठायतको नेतृत्वको प्रशिक्षक टोेलीद्वारा सहजिकरण गरिने उक्त तालिममा पालिका भित्रका १७ वटा विद्यालयका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने ४६ जना शिक्षकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार