जबर्जस्त एमसिसी टेबल गरे सरकारबाट बाहिरीने माओवादीको निर्णय

काठमाडौ : सरकारले जबर्जस्त एमसिसी पास गरेमा सरकार छाड्ने माओवादीले निर्णय गरेको छ । आज विहान सम्पन्न संसदिय दलको बैठकले उक्त निर्णय गरेको माओवादीका केन्द्रीय सदस्य हेम कुमार राई (शुरविर) ले जानकारी दिनुभयो ।                                                अहिलेकै अवस्थामा एमसिसिलाइ अनुमोदन गर्न नसकिने पार्टीको निर्णय रहेको नेता राईको भनाइ छ । जबर्जस्त टेबल गर्न खोजेमा सत्ता बाहिर रहने उहाले बताउनुभयो । अहिले राजधानीको विभिन्न स्थानमा एमसिसीको विरुद्ध नाराबाजी जारी छ भने ६ वटा साना राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेपनी खासै प्रभाव परेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार